लागुऔषधसहित तीन जना पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लागुऔषधसहित तीन जना पक्राउ


१७ असार २०७६, मंगलबार


pakrau

काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बाहुनडाँगी बस्ने २० वर्षीय यमन रानामगर, बिर्तामोड नगरपालिका–१ बस्ने २२ वर्षीय विशाल लिम्बु र २१ वर्षीय सुनिल देवान रहेका छन् ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले झापाबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख ४१० नम्बरको बसलाई जाँचका क्रममा लागुऔषध फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस