लोक सेवा विज्ञापनमा ४ लाख भन्दा बढी आवेदन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लोक सेवा विज्ञापनमा ४ लाख भन्दा बढी आवेदन


१७ असार २०७६, मंगलबार


मर्यादाक्रम सच्याऊ: लोक सेवा आयोग

काठमाडौं । स्थानीय तहका लागि विभिन्न पदहरुमा लोक सेवाले गरेको खुला विज्ञापनमा ४ लाख १८ हजार ४७ जनाको आवेदन परेको छ । दोब्बर दस्तुरको अघिल्लो दिन सोमबार सम्ममा आवेदन दिनेको संख्या चार लाख भन्दा बढी पुगेको हो ।

लोकसेवा आयोगका सूचना अधिकारी उपसचिव देवीप्रसाद सुवेदीका अनुसार दिइएको समयसीमाको अघिल्लो दिनसम्म ४ लाख १८ हजार ४७ जनाले आवेदन बुझाइ सकेको छ । आवेदन दिने म्याद असार १७ गते राति १२ बजेसम्मका लागि भएकाले यो संख्या अझै बढ्न सक्ने छ ।

सोमबार सम्मको आवेदन दिनेको संख्या हेर्दा पुरुषको संख्या सबै भन्दा बढी रहेको छ । जसमा पुरुष ३ लाख १८ हजार ६ सय ४७, महिलामा ९९ हजार ४ सय, आदिबासी जनजातिमा ४१ हजार ८ सय ७, मधेसीमा २३ हजार ४ सय ४९, दलितमा २ हजार ९ सय ७०, अपांगमा १ सय ३७ र पिछडिएको क्षेत्रबाट १ सय १३ जना रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस