निजामती कर्मचारी सेवा प्रवेशको उमेर कति ? « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

निजामती कर्मचारी सेवा प्रवेशको उमेर कति ?


१६ असार २०७६, सोमबार


काठमाडौं। सांसदहरूले निजामती कर्मचारीको सेवा प्रवेश उमेर घटाउन प्रस्ताव गरेका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा सङ्घीय निजामती विधेयकमाथि भइरहेको दफावार छलफलका क्रममा उनीहरूले हालको सेवा प्रवेशको उमेरलाई १६ देखि ३० वर्षसम्म बनाउन प्रस्ताव गरेका हुन् ।

अहिले पुरुषका लागि १८ देखि ३५ र महिलाका लागि १८ देखि ४० वर्षसम्म रहेको छ ।

राज्यले १६ वर्षमै नागरिकता दिने भएकाले सरकारी सेवामा प्रवेश पनि सोही उमेरलाई मान्नुपर्ने तर्क उनीहरूको छ । उक्त प्रस्तावलाई कानुनी रूप दिन सकिने/नसकिने बारे अन्य कानुनसमेत हेरेर जवाफ दिन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सभापति शशि श्रेष्ठले निर्देशन दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस