२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन सय दलित परिवारलाई सौर्य उपकरण वितरण

अ+ अ-

जाजरकोट । जाजरकोटको कुशे गाउँपालिकाले ३०० दलित परिवारलाई निःशुल्क सौर्य उपकरण (सोलार) वितरण गरेको छ । गाँउपालिकाको पहलमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले पूर्ण अनुदानमा सौर्य उपकरण प्रदान गरेपछि दलित समुदायका घर झिलीमिली हुने भएका छन् ।

निःशुल्क सौर्य उपकरण पाएका दलित परिवार खुशी भएका छन् । वर्षौदेखि अँध्यारोमा रात बिताउँदै आएका कुशे–३ अर्छानी दतीवरका चुके कामीले पहिलोपल्ट सोलार पाउँदा निकै खुशी लागेको बताए । उनले राति घरायसी कामकाज गर्न र केटाकेटीलाई पढ्न सहयोग पुग्ने बताए । त्यस्तै कुशे–५ खुर्पाकी रञ्जना बादीले निःशुल्क सोलार पाउँदा निकै खुसी लागेको बताए । उनले बत्ती नहुँदा वर्षौँदेखि टुकी र दियालोको भरमा गुजरा चलाउँदै आएको जानकारी दिए । “छोराछोरीलाई पढ्न सजिलो हुने भएको छ, राति घरको कामकाज गर्न, खाना पकाउन सजिलो भएको छ”, उनले खुशी व्यक्त गर्दै भने ।

बिजुली बत्ती नहुँदा अँध्यारोमा बस्न बाध्य विपन्न दलित परिवारलाई निःशुल्क सोलार प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । बत्ती नहुँदा टुकी, दियालो र मैनबत्तीको सहारामा पढ्न बाध्य दलित समुदायका बालबालिकालाई सोलारको उज्यालोले अध्ययनमा निकै फाइदा पुग्ने अध्यक्ष बस्तेको भनाइ छ । “गाँउपालिकामा ६६० दलित परिवार छन् । तीमध्ये अतिविपन्न ३०० परिवारलाई सोलार वितरण गरेका छौँ भने बाँकी परिवारलाई यसै वर्ष सोलारका लागि वैकल्पिक ऊर्जासँग आवश्यक पहल गर्छु ।”

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले चालू आर्थिक वर्षमा कुशेमा ३०० र बारेकोटमा ३०० दलित परिवारका लागि निःशुल्क सौर्य उपकरण प्रदान गरेको हो । बीस वाटको सोलारको बजार मूल्य रु १० हजार ५०० पर्छ । रासस