३० हजार घुस लिएको अभियोगमा सशस्त्र प्रहरी जवान झाविरुद्ध मुद्दा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

३० हजार घुस लिएको अभियोगमा सशस्त्र प्रहरी जवान झाविरुद्ध मुद्दा


१३ असार २०७६, शुक्रबार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल ११ नम्बर गण हजमिनियाँ रौतहटका कार्यरत सशस्त्र प्रहरी जवान अरुण झाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार जवान झाले नेपाल भारत सीमबाट कस्मेटिक सामान आयातमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रु ३० हजार घुस मागेको आरोप लगाएको छ । आयोगको टोलीले जनाव झालाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको थियो । आरोपीलाई बिगो अनुसारको सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

यस्तै आयोगले ज्याउल हल आधारभूत विद्यालय मदरसा सुनसरीका तत्कालीन व्यवस्थापन समिितका अध्यक्ष इसुन मियाँ र प्रधानाध्यापक कुरचलाल चौधरी विरुद्ध आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ । जिल्ला शिक्षा कार्यालयबाट प्राप्त भएको अनुदान रकम हिनामिना गरेको उनीहरुमाथि आरोप लागेको छ ।

विद्यालयको शौचाय तथा छात्रवृत्तिका लागि प्राप्त भएको रु चार लाख ६० हजार बराबरको रकम दुरुपयोग गरेको उनीहरुमाथि आरोप लागेको छ । आयोगले उनीहरु विरुद्ध बिगो अनुसार कारवाहीको माग गर्दै मुद्दा दायर गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस