काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ग्रीनहाउस परिसर सरसफाइमा जुटेका छन् । उनले आज (शुक्रबार) विहान आफ्ना सहयोगी, सुरक्षाकर्मी र कर्मचारीहरुसहित ग्रीनहाउस परिसरको सरसफाई गरेका हुन् । उपराष्ट्रपतिको अगुवाइमा अब महिनाको कम्तिमा एक पटक कार्यालय परिसर सरसफाइ हुने उपराष्ट्रपतिको कार्यालयले जनाएको छ।










