शृङ्खलाबद्ध सिरिन्ज आक्रमणमा संलग्न युवा सार्वजनिक « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

शृङ्खलाबद्ध सिरिन्ज आक्रमणमा संलग्न युवा सार्वजनिक


१३ असार २०७६, शुक्रबार


काठमाडौं । काठमाडौं उपत्यकामा युवतीमाथि शृंखलाबद्ध ‘सिरिन्ज’ आक्रमणमा संलग्न एक युवालाई प्रहरीले सार्वजनिक गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाबाट परिचालन भएको विशेष टोलीले ३० वर्षीय सन्तोष कार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

पीडितहरुले सिरिन्ज जस्तो वस्तु घोपिएको बताए पनि उनले सिरिन्ज नभएर ढलानको किला रोपेको बयान दिएका छन्।

उनले बयानमा किला रोपेको बताएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।

रामेछाप घर भएका कार्की ५ वर्ष दुबई बसेर नेपाल फर्किएको पाइएको छ। उनले महाराजगन्जमा रेस्टुरेन्टसमेत चलाउँदै आएको अनुसन्धानबाट खुलेको छ।

उनलाई महाराजगन्जको भाटभटेनी नजिकबाट गएराति साढे १२ बजे पक्राउ गरिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस