युवतीलाई कुटपिट गर्ने ‘धर्ती माता’ पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

युवतीलाई कुटपिट गर्ने ‘धर्ती माता’ पक्राउ


१३ असार २०७६, शुक्रबार


काठमाडौं । युवतीलाई कुटपिट गर्ने धर्ती मातालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई शुक्रबार बिहान बालाजुबाट पक्राउ गरेको परिसरका प्रवक्ता होबिन्द्र बोगटीले बताए।

आफूलाई धर्ती माता बताउँदै एक महिलाले सिंहदरबार अगाडि रहेको भद्रकालीको मन्दिर नजिक कुटपिट गरेकी थिइन्। उनले यातना दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

उनले एक युवतीलाई  ‘तँ को होस् छिटो निस्की, तेरो मासु खाउँला’ भन्दै गाली गर्दै पिटेकी थिइन्।

कानुनले सार्वजनिकस्थलमा हातपात गर्नुलाई अपराध मानेको छ। मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा ११८ मा कसैले सार्वजनिक स्थान वा प्रवेश गर्ने कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रूपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन भन्ने उल्लेख छ।

सोही दफामा त्यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजारसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।

Tags :
प्रतिक्रिया दिनुहोस