प्रधानमन्त्री ओलीसँग विभिन्न देशका महावाणिज्य दुतहरुद्वारा भेटघाट « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रधानमन्त्री ओलीसँग विभिन्न देशका महावाणिज्य दुतहरुद्वारा भेटघाट


१२ असार २०७६, बिहिबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग विभिन्न देशमा रहेका नेपालका लागि अवैतनिक महावाणिज्य दुतहरुले भेटघाट गरेका छन् ।

आज बिहान बालुवाटारमा भएको भेटघाट तथा छलफलमा नेपालका राष्ट्रिय प्राथमिकताहरुलाई सम्बन्धित देशहरुमा कसरी दिएका छन् गर्ने भन्ने बिषयमा छलफल भएको छ । खासगरी नेपाल भ्रमण बर्ष सन् २०२०को अवसरमा धेरै मुलुकका नागरिकलाई नेपालमा भित्र्याउने सन्दर्भमा पनि व्यापक छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए ।

‘हामी अहिले जुन परिवर्तित अवस्थामा आईपुगेका छौँ । हाम्रा राष्ट्रिय प्राथमिकताहरु जुन फरक भैरहेका छन् । ति फरक राष्ट्रिय प्राथमिकतालाई देशहरुमा प्रवद्र्धन कसरी गर्न सकिन्छ ‘ डा. भट्टराईले भने’ त्यस भित्र पहिलो र महत्वपूर्ण कुरा भनेको यो २०२० मा हामीले भ्रमण बर्षको रुपमा मनाउन गईरहेका छौँ । त्यो भ्रमण बर्षलाई धेरै भन्दा धेरै मुलुकहरुलाई समावेश गराउन सकिन्छ भन्ने बिषयमा छलफल भएको छ ।’

प्रधानमन्त्री ओलीले नेपालमा बैदेशिक लगानी भित्र्याउनका लागि पहल गर्न पनि महावाणिजयदुतहरुलाई आग्रह गरेका छन् । ‘हामीले लगानी भित्र्याउन चाहिरहेका छौँ । दुई पक्षीय व्यापार बढाउन चाहिरहेका छौँ र प्रविधि र पुँजी हामीले देश भित्र्याउन खोजिरहेका छौँ । यो कामका लागि वहाँहरुका तर्फबाट कसरी सम्भव हुन्छ भन्ने बिषयमा पनि छलफल भएको छ ‘ डा.भट्टराईले भने ।

भेटमा विभिन्न कामको सिलसिलामा विदेशमा पुगेका नेपालीहरुको सुरक्षाका मामलामा, त्यहाँ भएका अफ्ठ्यारा स्थितीको बारेमा नेपालका तर्फबाट पूर्ण रुपमा सहयोग हुनुपर्ने प्रधानमन्त्री ओलीको धारणा थियो ।

‘कतिपय स्थितीमा उनीहरुलाई नेपालको तर्फबाट त्यहाँ गर्नु पर्ने सहयोग र त्यहाँको सरकारबाट दिलाउनु पर्ने सहयोग, सुरक्षाको बिषय, कही कुनै कुनै बेलामा उनीहरुको भ्रमणको बारेमा समस्याहरु उत्पन्न हुन्छन् । त्यस्तो सहयोगलाई कसरी प्रभावकारी बनाउनु पर्दछ भन्ने प्रधानमन्त्रीको धारणा छ ‘ डा. भट्टराईले भने ।

प्रधानमन्त्री ओलीले नेपालको राष्ट्रिय आकांक्षा सुखी नेपाली,समृद्ध नेपालको लक्ष्य हासिल गर्नका लागि छिमेकी देशहरुबाट भइरहेको सहयोगलाई धन्यवाद दिएका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस