राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघमा डा. तिवारी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघमा डा. तिवारी


१० असार २०७६, मंगलबार


काठमाडौं । राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघको तेस्रो महाधिवेशनले डा. उदयकिशोर तिवारीको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय कार्य समिति चयन गरेको छ ।

सङ्घको यही असार ७ र ८ महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा अखिलेशकुमार सिंह, डा.विनोद साह र राजेश्वर यादव छन् । महासचिवमा उदयकुमार कर्ण र सचिवमा सुरेशप्रसाद कुशवा रहेका छन् ।

शैक्षिक सुशासन, गुणस्तरीय शिक्षा एवं समानुपातिक प्रतिनिधित्व भन्ने मूल नाराका साथ उच्चशिक्षा, शौक्षिक आदर्श, गुणस्तरीय शिक्षा, आदिवासी, जनजाति, मधेशी, महिलाको समानुपातिक प्रवेश, समानताको अधिकार, प्राज्ञिक मूल्यमान्यता, पेशागत हकहित संरक्षण तथा संवद्र्धन गर्दै समतामूलक समाजको निर्माणजस्ता उद्देश्यमा आधारित रहेर महाधिवेशन सम्पन्न भएको अध्यक्ष तिवारीले जानकारी दिए ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस