कावासोती नगरपालिकाका उपमेयरको गाडीमा आगजनी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कावासोती नगरपालिकाका उपमेयरको गाडीमा आगजनी


१० असार २०७६, मंगलबार


नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनियाको गाडीमा आगजनी गरिएकोृ छ ।

गए राति लु १ झ ३२१ नम्बरको स्कार्पियोमाथि अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय, नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ ।

प्रहरीका अनुसार आजगनीबाट गाडीको पछाडिको भाग सामान्य जलेको छ । घटनास्थलबाट विप्लव समूहको पर्चा भटिएकोले आगजनीमा विप्लव समूह संलग्न रहेको अनुमान गरिएको छ ।

क्षति भएको गाडी नियन्त्रणमा लिएर यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस