घूस लिएको आरोपमा प्रहरी सहायक निरीक्षक कटवाल पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

घूस लिएको आरोपमा प्रहरी सहायक निरीक्षक कटवाल पक्राउ


८ असार २०७६, आइतबार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी चौकी झोक्राहा सुनसरीमा कार्यरत प्रहरी सहायक निरीक्षक पदमबहादुर कटवालले सेवाग्राहीसँग घूस लिएको अभियोगमा पक्राउ गरेको छ ।

वन मन्त्रालयबाट पक्राउ पुर्जी आएकाले त्यसलाई मिलाइदिन्छु भनी सेवाग्राहीसँग रु सात हजार घूस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले आज पक्राउ गरेको हो । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार सहायक निरीक्षक कटुवाललाई कार्यालय नजीकैबाट पक्राउ गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस