रामेछापमा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

रामेछापमा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु


८ असार २०७६, आइतबार


रामेछाप । रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

आइतबार बिहान बिरामी लिन गएको नेपाल रेडक्रस सोसाइटी, भीमेश्वर उपशाखा सिन्धुलीको बा २१ च ७५२५ नम्बरको एम्बुलेन्स मन्थली–६, कुनौरीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सिन्धुली गोलन्जर गाउँपालिका–७ का २२ वर्षीय चालक नीरबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो

एम्बुलेन्स सडकबाट २०० मिटर तल खसेर क्षतविक्षत भएको छ । एम्बुलेन्समा दुईजना सवार रहेको बताइएको छ ।

घाइतेलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

दुर्घटनाबारे अनुसन्धान भइरकेको छ ।

प्रतिक्रिया दिनुहोस