स्वास्थ्य शिविरमा चार सय लाभान्वित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

स्वास्थ्य शिविरमा चार सय लाभान्वित


८ असार २०७६, आइतबार


ताप्लेजुङ । समिट लघुवित्त वित्तीय संस्थाद्वारा ताप्लेजुङमा आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरबाट ४०० बढीले स्वास्थ्य सेवा लिएका छन् । ग्रामीण क्षेत्रमा बसोबास गर्ने निम्न आयस्तरका परिवारलाई लक्षित गरी शनिबार सदरमुकाम फुङलिङमा आयोजना गरिएको शिविरमा ४२२ जनाले निःशुल्क सेवा लिएका हुन् ।

शिविरमा आँखा र कानका ३१२ जना साथै ११० महिलाले स्त्रीरोगसम्बन्धी जाँच तथा उपचार सेवा लिएको आयोजक संस्थाका विभागीय प्रमुख भोजराज फुयाँलले जानकारी दिए । उक्त शिविर दृष्टि आँखा अस्पताल र अञ्जली हस्पिटल प्रालि बिर्तामोडको प्राविधिक सहयोगमा आयोजना गरिएको हो । शिविरमा निःशुल्क स्वास्थ्य जाँच र भिडियो एक्स–रे गरिनुका साथै औषधि साथै चस्मा निःशुल्क वितरण गरिएको बताइएको छ ।

ग्रामीण क्षेत्रमा रहेका पिछडिएका र निम्न आयस्तर भएकालाई सहयोग पुगोस् भन्ने उद्देश्यले यस प्रकारका शिविर सञ्चालन गर्दै आएको संस्थाका कार्यकारी प्रमुख देवेन्द्रबहादुर बस्नेतले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस