नेकपा सचिवालय बैठक बस्दै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेकपा सचिवालय बैठक बस्दै


७ असार २०७६, शनिबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने भएको छ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजेपछि बस्ने जानइएको छ ।

पार्टी सांगठनिक एकता प्रक्रिया, समसामयिक राजनीतिलगायत विषयमा छलफल गर्न बैठक बस्न लागेका जनाइएको छ ।

तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा गठन भए पनि जिल्ला एकीकरणको काम बाँकी छ ।

जिल्ला संयोजक र सहसंयोजक छनोट भए पनि इञ्चार्ज तथा सहइञ्चार्ज तोक्न बाँकी नै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस