समायोजनको पत्र प्राप्त नहुन्जेल खटिएकै कार्यालयबाट सेवा प्रवाह गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

समायोजनको पत्र प्राप्त नहुन्जेल खटिएकै कार्यालयबाट सेवा प्रवाह गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध


प्रशासन संवाददाता

६ असार २०७६, शुक्रबार


डाक्टर

काठमाडौँ  ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यकर्मीहरूलाई पत्र प्राप्त नहुँदासम्म खटिएकै कार्यालयमा कार्यरत रहन अनुरोध गरेको छ।

मन्त्रालयले एक सूचना प्रकाशित गर्दै सामान्य प्रशासन मन्त्रालयबाट समायोजन भई आएको सूची अद्यावधिक गर्ने काम भइरहेकोले सबै स्वास्थ्यकर्मीहरुलार्य आफू खटिएको कार्यालय तथा जिम्मेवारीमा धैर्यताका साथ सेवा प्रवाहमा खटिरहन भनेको हो ।

सूचनामा भनिएको छ सम्बन्धित विभागीय प्रमुख, निर्देशक, कार्यालय प्रमुखहरूलाई पनि समायोजनको पत्र प्राप्त नहुँदासम्म आफू मातहतका कर्मचारीलाई आफू खटिएकै कार्यालयबाट सेवा प्रवाह सुचारु गर्न/गराउन पनि सूचित गरिन्छ ।

समायोजन सम्बन्धमा कसैको बहकाऊ र भ्रममा नपरी सेवारत रहन समेत अनुरोध गरिएको छ।

करिब सबै सेवा समूहका कर्मचारीको समायोजन प्रक्रिया सकिइसक्दा पनि स्वास्थ्यमा अझै कहिले टुंगिने भन्नेबारे यसै भन्न नसकिने अवस्था छ । मन्त्रालयले यो सूचना जारी गरिरहँदा कतिपय कर्मचारीलाई अन्यायपूर्वक पेलानमा पारिरहेको गुनासो गर्ने कर्मचारीको सङ्ख्या पनि ठुलै छ ।

हेर्नुुस् विज्ञप्ति

Tags :
प्रतिक्रिया दिनुहोस