कृषकलाई साढे चार करोड क्षतिपूर्ति दिइने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कृषकलाई साढे चार करोड क्षतिपूर्ति दिइने


प्रशासन संवाददाता

६ असार २०७६, शुक्रबार


हेटौँडा । जिल्ला प्रशासन कार्यालयको सक्रियतामा आज बसेको सर्वपक्षीय बैठकले मकवानपुरका बर्डफ्लु रोगबाट पीडित भएका कृषकलाई राहतस्वरुप अनुदान रकम वितरण गर्ने निर्णय गरेको छ ।

पशुसेवा विभाग काठमाडौँबाट कृषकलाई यही असार ९ गते हेटौँडामा अनुदान रकम वितरण गरिने प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । उनका अनुसार मकवानपुरका ५४ कृषकलाई राहतस्वरुप क्षतिपूर्तिबापत रु चार करोड ४२ लाख उपलब्ध गराइने भएको छ ।

हेटौँडा उपमहानगरपालिका वडा नं. ६, ७, ८, १४, १५, १६ र १७ मा गरी ५४ कृषकका फर्ममा गत फागुनको पहिलो सातादेखि बर्डफ्लुको प्रकोप देखिएपछि प्रशासनले कुखुरा नष्ट गर्ने अभियान शुरु गरेको थियो । सो अभियानअन्तर्गत प्रशासनले विभिन्न समयमा ६६ हजार ५४६ कुखुरा नष्ट गरेको थियो ।

कृषकहरुको कुखुरा नष्ट गर्दा प्रत्येक कुखुराबापत रु नौ सय चार माग गरे पनि पशु सेवा विभागले भने रु ६७५ अर्थात् ७५ प्रतिशत रकम उपलब्ध गराएको छ । सो रकम प्रकृति जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण कार्यालय हेटौँडाबाट वितरण गरिने कार्यालय प्रमुख सानुकाजी पछाईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस