३५ हजार घुस लिएको अभियोगमा सबइन्जिनियर भण्डारीविरुद्ध मुद्दा « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

३५ हजार घुस लिएको अभियोगमा सबइन्जिनियर भण्डारीविरुद्ध मुद्दा


प्रशासन संवाददाता

६ असार २०७६, शुक्रबार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बेलकोटगढी नगरपालिका नुवाकोटमा कार्यरत सबइन्जिनियर बद्री भण्डारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

भण्डारीले सेवाग्रहीसँग रु ३५ हजार घुस लिएको अभियोग लागेको छ । आयोगका अनुसार भण्डारीले विज्ञापनबापतको कमिसनका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा केही दिन पहिले पक्राउ गरिएको थियो । आयोगले बिगो असुल र कैद सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस