कांग्रेसको केन्द्रीय समिति बैठक असार तेस्रो साता « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कांग्रेसको केन्द्रीय समिति बैठक असार तेस्रो साता


प्रशासन संवाददाता

६ असार २०७६, शुक्रबार


काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असार २२ गते आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा हुने भएको छ ।

बैठकमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यहरुलाई उपस्थित हुन सभापति शेरबहादुर देउवाले अनुरोध गरेका छन् ।

बैठकमा नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नेपाली कांग्रेसको नियमावली, २०७६ मा छलफल, राष्ट्रिय जागरण अभियान पहिलो चरणको कार्यक्रमको समीक्षा, भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान तथा देशको समसामयिक राजनीतिक विषयमा विचारविमर्श हुने पार्टीका मुख्य सचिव कृष्ण पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस