महिला फुटबल : विराटनगरद्वारा धनगढी पराजित « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

महिला फुटबल : विराटनगरद्वारा धनगढी पराजित


प्रशासन संवाददाता

६ असार २०७६, शुक्रबार


काठमाडौं । राजधानीमा जारी उपमेयर कपअन्तर नगरपालिका महिला फुटबलमा विराटनगर महानगरपालिकाले धनगढी उपमहानगरपालिकालाई पराजित गर्दै प्रतियोगितामा सुखद शुरुआत गरेको छ ।

हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा आज भएको खेलमा विराटनगरले धनगढीलाई ४–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । जीतसँगै समूह डि मा रहेको विराटनगरले शिर्ष तीन अङ्क जोडेको छ ।

विराटनगरको जीतमा रेखा पौडेलले ह्याट्रिक पूरा गरिन । उनले खेलको पहिलो हाफमा दुई गोल गरिन भने खेलको दोस्रो हाफमा एक गोल थपिन् । त्यसैगरी विराटनगरका लागि सविता मगरको नाममा एक गोल रह्यो । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०को महिला फुटबल समितिले आयोजना गरेको उक्त प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख तथा उपविजेताले रु तीन लाख पाउनेछन् ।

त्यस्तै प्रतियोगितामा फेयर प्ले टोलीले रु ५० हजार पाउने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रु २५ हजार तथा विधागततर्फ उत्कृष्ट हुनेले जनही रु दश हजार पाउने छन् । यही असार १३ गतेसम्म चल्ने उक्त प्रतियोगितामा विभिन्न १८ टोली सहभागी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस