विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि उठेका प्रश्नको जवाफ शुरु « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि उठेका प्रश्नको जवाफ शुरु


प्रशासन संवाददाता

६ असार २०७६, शुक्रबार


काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक २०७६ अन्तर्गत मन्त्रालयगत छलफलमा सांसदले उठाएको प्रश्नको सम्बन्धित मन्त्रीबाट जवाफ दिने क्रम शुरु भएको छ ।

भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारण, खानेपानी, सञ्चार तथा सूचना प्रविधि, युवा तथा खेलकूद र शहरी विकास मन्त्रालयका विषयमा उठेको प्रश्नको आजको बैठकमा सम्बन्धित मन्त्रीले जवाफ दिइरहेका छन् ।

विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत छलफलमा उठेको प्रश्नको जवाफ दिन आजसहित असार ८, ९ र १० गतेका लागि कार्यसूची तय भएको छ । सरकारले जेठ १५ गते संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को संयुक्त बैठकमा राजश्व र व्ययको विवरण अर्थात् बजेट प्रस्तुत गरेको थियो ।

उक्त बजेटमा मन्त्रालयगत रुपमा छुट्याइएको रकम र कार्यक्रममाथि गत जेठ २८ गतेदेखि सदनमा छलफल शुरु भएको थियो । यसअघि आव २०७६/७७ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि जेठ १९, २०, र २१ गते सामान्य छलफल भएको थियो । त्यस बेला उठेको प्रश्नको अर्थमन्त्री डा युवराज खतिवडाले जवाफ दिएपछिे विनियोजन विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतबाट स्वीकृत भएको थियो

Tags :
प्रतिक्रिया दिनुहोस