अस्वस्थ्य मानसिकताबाट बच्न योग : प्रम ओली « प्रशासन

अस्वस्थ्य मानसिकताबाट बच्न योग : प्रम ओली


प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार १३:४४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वस्थ्य मानसिकताबाट बच्न सबैले योग गर्नु पर्ने बताएका छन् ।

अन्तराष्ट्रिय योग दिवसको अवसरमा आज राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताए ।

प्रधानमन्त्री ओलीले समय निकालेर हरेक मानिसले दैनिक रुपमा योग गर्नु स्वास्थ्यका लागि उपयोगी हुने बताए ।’योगको अभ्यास भाषा र लिपी सुरु हुनु भन्दा धेरै अघिबाट सुरु भएको हो ‘ प्रधानमन्त्री ओलीले भने ‘मानिस स्वास्थ्य रहनका लागि योगको निरन्तरता जरुरी छ ।’

प्रधानमन्त्री ओलीले नेपालमा योगको अभ्यास परम्परागतकाल देखि हुंदै आएका प्रमाणहरु धेरै भेटिएको बताए । ‘हामीले पाँच / छ हजार बर्ष पहिलेका मूर्तीहरु हे¥यौं भने पनि योगका विभिन्न आशनमा देखिन्छन्’ प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले नेपालको कोशी किनारमा बेदका ऋचाहरुको रचना भएको उल्लेख गरेका छन् ।

यस्तो ज्ञान भूमीमा बस्ने हामीहरु केही समय पछि पछि परेका हौं तर अब त्यो अवस्था रहदैन’ प्रधानमन्त्री ओलीेले भने । प्रधानमन्त्री ओलीले लोभ मोह र क्रोधबाट मानिसले मुक्त हुनका लागि योग र नियमित ध्यान गर्नु उपयुक्त हुने बताएका छन् ।

प्रधानमन्त्री ओलीले देशलाई आवेश उत्तेजनातिर लैजान खोजिएको बताएका छन् । तर त्यस किसिमका प्रयासलाई निस्तेज गरेर सरकार देशलाई समृद्धिको यात्रामा अघि बढाउन प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

Tags: ,

प्रतिक्रिया दिनुहोस