दाइ-भाइको कुटपिटबाट घाइते भएकी तेतरीदेवीको मृत्यु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

दाइ-भाइको कुटपिटबाट घाइते भएकी तेतरीदेवीको मृत्यु


प्रशासन संवाददाता

६ असार २०७६, शुक्रबार


लहान । सिसौको रूख काटेको विषयमा झडप हुँदा घाइते भएकी सिरहाको लहान नगरपालिकाकी एक महिलाको आज मृत्यु भएको छ ।
रूख काटिएको विवादमा लहान नगरपालिका–१५ निवासी आशाराम महतो र उनका भाइ सुमेश्वर महतोले कुटपिट गर्दा घाइते भएकी लहान नगरपालिका–९ गोठ टोल निवासी ५३ वर्षीया तेतरीदेवी महतोको मृत्यु भएको हो ।

सिसौँँ रूख काटेको विषयमा विवादमा दाइ–भाइको कुटाइबाट घाइते तेतरीदेवीलाई लहान अस्पतालमा भर्ना गरिएकामा उपचार गराएर घर फर्केपछि आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । तेतरीदेवीको मृत्यु भएपछि कुटपिट गर्ने दुवै दाजुभाइ फरार भएका छन् । उक्त घटनाका विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस