रसुवागढीको सुरुङबाट १७ जनाको उद्धार « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

रसुवागढीको सुरुङबाट १७ जनाको उद्धार


प्रशासन विशेष ब्युरो

६ असार २०७६, शुक्रबार


काठमाडौँ । निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको सुरूङमा थुनिएका सबै कामदारलाई सकुशल उद्धार गरिएको छ ।

शुक्रबार बिहान करीब ७ बजेतिर ११ जना नेपाली र ६ जना चिनियाँ कामदारलाई सुरुङबाट सुरक्षित बाहिर निकालिएको प्रहरी अधिकारीले जनाएका छन् ।

बिहीबार राति साढे ८ बजेतिर गोसाइकुण्ड गाउँपालिका वडा नम्बर २ तातोपानी क्षेत्र नजिक निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको सुरूङभित्र सुख्खा पहिरो खस्दा एक सय मिटरभित्र काम गरिरहेका १७ जना कामदार थुनिएका थिए । कामदार थुनिएको खबर लगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस