लोक सेवाको विज्ञापनबारे सबै रिटको फाइल एक साथ पेस गर्न सर्वोच्चको आदेश « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लोक सेवाको विज्ञापनबारे सबै रिटको फाइल एक साथ पेस गर्न सर्वोच्चको आदेश


४ असार २०७६, बुधबार


मर्यादाक्रम सच्याऊ: लोक सेवा आयोग

काठमाडौँ । लोक सेवा आयोगले स्थानीय तहका लागि माग गरेको गरेका विज्ञापनसम्बन्धीमा परेका सबै रिटको फाइल एक साथ पेस गर्न सर्वोच्चले आदेश दिएको छ ।

न्यायाधीशद्वय हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले बुधवार यससम्बन्धी सबै रिटका फाइल एक साथ पेस गर्न आदेश दिएको हो ।

अधिवक्ता विकास ठाकुरले लोक सेवाको विज्ञापन समावेशी र समानुपातिक सिद्धान्त विपरीत रहेकाले खारेजीको माग गर्दै रिट दायर गरेका थिए ।

लोक सेवाबाहेक अरूले कर्मचारी भर्ना लिन नमिल्ने भन्दै अर्को रिट पनि परेको छ । त्यसै गरी अर्को रिटमा संसद्को राज्य व्यवस्था समितिले संवैधानिक अंगलाई विज्ञापन नै रद्द गर भन्न नमिल्ने जिकिर गरिएको छ ।

लोक सेवाले ५१५ स्थानीय तहका लागि  ९ हजार १ सय ६१ पदमा विज्ञापन आह्वान गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस