प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने दुई पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने दुई पक्राउ


४ असार २०७६, बुधबार


कर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने दुई जना पक्राउ परेका छन् ।

कलंकी मालपोत कार्यालयमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी वृत्त, कालिमाटीका अनुसार पक्राउ परेकालाई अहिले हिरासतमा राखिएको र उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन ।

‘नमूना’ भनिएको कलंकी मालपोत कार्यालय उदघाटनका लागि प्रधानमन्त्री ओली बुधबार बिहान त्यहाँ पुगेका थिए । पूर्वनिर्धारित समय १० बजेभन्दा झण्डै एक घण्टा ढिलो पुगेका प्रधानमन्त्री ओलीलाई मालपोत कार्यालय परिसरमै केही व्यक्तिहरुले कालो झण्डा देखाएका थिए ।

उनीहरुलाई प्रहरीले बल प्रयोग गरेर नियन्त्रणमा लिएको थियो । पक्राउ परेकाहरुको परिचय खुलेको छैन ।

मालपोत कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्राउने लक्ष्य सरकारले लिए पनि नेपालको सम्भावना एक करोड पर्यटक भित्राउने रहेको बताए । त्यसका लागि प्रविधिको सहारा लिँदै अझै धेरै काम गर्न आवश्यक रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस