गुठी विधेयक खारेजी माग गर्दै माइतीघरमा विशाल प्रदर्शन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गुठी विधेयक खारेजी माग गर्दै माइतीघरमा विशाल प्रदर्शन


४ असार २०७६, बुधबार


काठमाडौं । सरकारले राष्ट्रियसभामा दर्ता गरेको गुठी विधेयक फिर्ता गर्ने घोषणा गरे पनि विधेयक खारेजीको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा विशाल प्रदर्शन गरिएको छ।

गुठी विधेयक खारेजीको नारा लगाउँदै प्रदर्शनकारीले प्रदर्शन गरेका छन् ।

गुठियार तथा नेवा देयः दबुलगायतको आह्वानमा गुठी विधेयक खारेजी माग गर्दै प्रदर्शन गरिएको हो।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सरोकारवालासँग छलफल गर्नुपर्ने आवश्यकता रहेको भन्दै मंगलबार विधेयक फिर्ता लिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस