अदालतमा सुनुवाइ हुँदाहुँदै पूर्वराष्ट्रपति मोर्सीको निधन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अदालतमा सुनुवाइ हुँदाहुँदै पूर्वराष्ट्रपति मोर्सीको निधन


३ असार २०७६, मंगलबार


काठमाडौं । इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीको अदालतमा सुनुवाइ हुँदाहुँदै निधन भएको छ ।

अदालतमा सुनुवाइका क्रममा अकस्मात लडेका ६७ वर्षीय मोर्सीको हृदयाघातका कारण निधन भएको इजिप्टका सरकारी अधिकारीहरुले जनाएका छन् ।

उनको पार्टी मुस्लिम ब्रदरहुडले भने सरकारी भनाइको खण्डन गर्दै उनको हत्या भएको दाबी गरेको छ ।

अधिकारवादी र परिवारका सदस्यहरुले गम्भीर स्वास्थ्य समस्या हुँदाहुँदै उचित उपचार नपाएर उनको ज्यान गएको भन्दै सरकारको कडा आलोचना गरेका छन् ।

मोर्सी उच्च रक्तचाप र मधुमेहलगायत रोगबाट पीडित रहेको अधिकारीहरुले जनाएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस