गुठी विधेयक फिर्ता नलिए सडकमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गुठी विधेयक फिर्ता नलिए सडकमा


२ असार २०७६, सोमबार


काठमाडौँ । सांसद दिलेन्द्रप्रसाद बडुले गुठी विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् । केही दिन पहिले उक्त विधेयक छलफलका लागि राष्ट्रियसभामा पेस भएको थियोे ।

प्रतिनिधिसभाको आजको बैठकको शुरुआतमा नेपाली कांग्रेसका सांसदहरुले विरोध जनाएलगत्तै सभामुख कृष्णबहादुर महराले सांसद बडूलाई बोल्न समय उपलब्ध गराएपति उनले उक्त विधेयक फिर्ता नलिए सडकबाट सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

सांसद बडूले सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले एक कार्यक्रममा उक्त विधेयक फिर्ता नलिने अभिव्यक्ति दिएकामा सोही विषयलाई लिएर कांग्रेसले बैठकमा उठेर विरोध जनाएको थियो ।

मन्त्री बाँस्कोटाले केही समय अघि एक सार्वजनिक समारोहमा गुठी सामान्ती अवशेषको रूपमा रहेको धारणा व्यक्त गरेको भन्दै सांसद बढूले दुई तिहाइको दम्भको उन्मादले वर्तमान सरकार धर्म, परम्परा, संस्कार, सम्पदा, संस्कृति र मौलिकता मास्न लागिपरेको आरोप लगाए ।

Tags :
प्रतिक्रिया दिनुहोस