सार्वजनिक यातायातको भाडा बढ्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सार्वजनिक यातायातको भाडा बढ्यो


३० जेष्ठ २०७६, बिहिबार


काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ ।

वैज्ञानिक भाडादरको प्रावधानअनुसार सवारी साधनको मूल्य, इन्धनको मूल्य, गाडीका उपकरणको मूल्य, श्रमिकको ज्यालादरलगायतलाई आधार मानेर १२ प्रतिशत भाडा बढाइएको विभागले जनाएको छ ।

अब असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक बसको भाडा १२ प्रतिशतसम्म वृद्धि गरिएको यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालले जानकारी दिए ।

उनका अनुसार यात्रु बोक्ने र मालसामान बोक्ने दुबैथरी यातायातका साधनको भाडा बढेको छ । प्राविधिक समितिको सिफारिसमा भाडा वृद्धिको निर्णय गरेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस