अज्ञात समूहद्वारा धनुषामा बम विस्फोट « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अज्ञात समूहद्वारा धनुषामा बम विस्फोट


३० जेष्ठ २०७६, बिहिबार


जनकपुर । धनुषाको धनुषाधाममा अज्ञात समूहद्वा बम विस्फोट गराइएको छ ।

गए राति नगरपालिकाको पुरानो भवन नजिक प्रेसर कुकर बम विस्फोट गराएको प्रहरीले जनाएको छ ।

विस्फोटबाट नगरपालिकाको पुरानो भवनमा क्षति पुगेको छ । विस्फोट लगत्तै प्रहरी घटनास्थल पुगेर अनुसन्धान थालेको जनाईको छ ।

प्रहरीका अनुसार विस्फोटबाट कुनै मानवीय क्षति नभएको र पर्खालमा सामान्य क्षति पुगेको छ । विस्फोटको जिम्मा कसैले लिएको छैन ।

सो क्षेत्रमा नेकपा विप्लव समूहको सक्रियता बढी रहेको पाइएको प्रहरीले जानकारी दिएको छ । नेकपा विप्लव समूहले केहीसमय अघि काठमाडौंका तीन स्थानमा विस्फोट गराएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस