मेयरकप भलिबलको उपाधि आर्मीलाई « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मेयरकप भलिबलको उपाधि आर्मीलाई


२९ जेष्ठ २०७६, बुधबार


दुल्लु । दैलेख सदरमुकाममा सम्पन्न प्रथम मेयरकप भलिबल प्रतियोगिताको उपाधि नेपाली सेनाले जितेको छ । प्रतियोगिताको फाइनल खेलमा नारायण नगरपालिकालाई हराउँदै सेनाको इन्द्रदल गुल्म ‘ए’ले उपाधि जितेको हो ।

नारायण नगरपालिकाद्वारा आयोजित उक्त प्रतियोगितामा इन्द्रदल गुल्म ‘ए’ले नारायण नगरपालिकालाई ३–२ सेटमा हराएको हो ।

विजेताले रु ५० हजार तथा उप–विजेता नारायण नगरपालिकाले रु ३० हजार पुरस्कार प्राप्त गर्‍यो । सो प्रतियोगितामा नेपाली सेनाको इन्द्रदल गुल्म ‘बी’ टोली तेस्रो भयो । उसले रु २० हजार पुरस्कार प्राप्त गर्‍यो । विजयी टोलीलाई नारायण नगरपालिकाका नगर प्रमुख रत्नबहादुर खड्काले पुरस्कार वितरण गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस