पश्चिमी वायु सुदुरपश्चिमबाट नेपाल भित्रियो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पश्चिमी वायु सुदुरपश्चिमबाट नेपाल भित्रियो


२९ जेष्ठ २०७६, बुधबार


काठमाडौं । पश्चिमी वायु सुदूरपश्चिम हुँदै नेपाल भित्रिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी गराए अनुसार नेपालको सुदूरपश्चिमबाट नेपाल भित्रिएको वायुले हावाहुरीसहित मेघ गर्जनसहितको मध्यम खाले वर्ष गराउने सम्भावना रहेको छ ।

मौसमविदका अनुसार विहान सबेरै भारतको उत्तराखण्डबाट नेपाल छिरेको वायु ४०–५० किमी प्रतिघण्टाको दरले बहेकोले संरचना कमजोर भएको अवस्थामा असर गर्न सक्ने छ ।

जस्ताको छानो भए उडाउने सम्भावना रहन सक्छ । कमजोर संरचना रहेकोलाई सचेत रहन महाशाखाले आग्रह गरेको छ ।

सो वायु मध्यपश्चिमसम्म आउने र त्यसपछि उत्तरपूर्व अर्थात तिब्बततिर लाग्ने जनाइएको छ । सो वायु छिटपुट वर्षासँगै आउने र वायु गइसकेपछि थप वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पश्चिमी भूभागहरूमा सामान्य देखि पूर्ण बदली रहने र पूर्वी र मध्य भूभागहरूमा आंसिक देखि सामान्य बदली रहने जनाइएको छ । पूर्वी तथा मध्य भूभागका थोेरै स्थान र पश्चिमी भूभागका केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाइएको छ ।

सुदूरपश्चिममा हावाहुरी चलिरहेको र हल्का वर्षा भइरहेको जनाइएको छ ।

यसअघि २३ जेठमा आएको हावाहुरीले ठूलो धनजनको क्षति गरेको थियो । जसमा दुईजनाको ज्यान जानुका साथै एक सय बढी घाइते भएका थिए ।

हावहुरीले रुखढलेर विद्युतका पोलहरु खस्दा विद्युत अवरुद्ध भएको छ । आजसम्म पनि ग्रामिण क्षेत्रमा विद्युत सेवा सुचारु हुन सकेको छैन ।

भोलि बिहीबार पनि देशभरी नै आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्य भूभागका केही स्थानहरुमा र पश्चिमी पहाडी भूभागका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जनाइएको छ ।

त्यस्तै शुक्रबार पनि देशका विभिन्न भागमा आंशिक बदली रहने र मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस