विनियोजन विधेयकमाथिको छलफल आजदेखि सुरु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

विनियोजन विधेयकमाथिको छलफल आजदेखि सुरु


२७ जेष्ठ २०७६, सोमबार


काठमाडौं । प्रतिनिधिसभामा प्रस्तुत विनियोजन विधेयकमाथिको छलफल आजदेखि सुरु हुने भएको छ । संवैधानिक प्रावधान अनुरुप विधेयकमाथि आजबाट छलफल सुरु हुन लागेको हो ।

संघीय संसद सचिवालयका अनुसार आज ११ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा विभिन्न शीर्षकमाथि छलफल हुने छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेटबारे सांसदहरुले राखेको प्रस्ताव माथि छलफल हुने छ ।

छलफलका क्रममा उठेका सवालहरुको अर्थमन्त्री युवराज खतिवडाले जवाफ दिनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस