फिलिपिन्समा ट्रक दुर्घटनामा परी दुई बालबालिका सहित १३ जनाको मृत्यु - प्रशासन प्रशासन
prasaLogo
२६ जेष्ठ २०७६, आईतवार

फिलिपिन्समा ट्रक दुर्घटनामा परी दुई बालबालिका सहित १३ जनाको मृत्यु


प्रकाशित मिति : 9 June, 2019 3:31 pm

मनिला । फिलिपिन्समा भएको ट्रक दुर्घटनामा परी दुई बालबालिका सहित कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

विवाहपूर्वको एउटा सांस्कृतिक कार्यक्रममा सहभागी हुन गइरहेका बेला भएको दुर्घटनामा परी उनीहरुको मृत्यु भएको प्रहरी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

दुर्घटनामा परेको ट्रकमा ५३ जना सवार थिए । पहाडी बाटोमा नियन्त्रण गुमाएर सो दुर्घटना भएको हो ।

कामारिन्स सुर प्रान्तमा शनिबार भएको उक्त दुर्घटनामा अरु दर्जनौं घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका बालबालिका ४ र ५ बर्षका रहेका छन् ।

दुर्घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । फिलिपिन्समा यस्ता दुर्घटना बेला बेलामा भइरहने गरेका छन् । रासस/एएफपी

Tags:

प्रतिक्रिया दिनुहोस