तराई–मधेस द्रुतमार्गको आयोजना प्रमुखमा शरदलाल श्रेष्ठ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

तराई–मधेस द्रुतमार्गको आयोजना प्रमुखमा शरदलाल श्रेष्ठ


२६ जेष्ठ २०७६, आइतबार


काठमाडौं । नेपाली सेनाले तराई–मधेस द्रुतमार्गको आयोजना प्रमुखमा  शरदलाल श्रेष्ठलाई जिम्मेवारी तोकेको छ ।

सैनिक मुख्यालयले आयोजना प्रमुखमा नेपाली सेनाका प्राविधिक महासेनानी शरदलाल श्रेष्ठलाई जिम्मेवारी तोकेको हो ।

सैनिक मुख्यालयका अनुसार आयोजना प्रमुखका रुपमा कार्यरत उपरथी योगेन्द्र खाँडको सट्टामा श्रेष्ठलाई ल्याएको छ । तर कारण भने बताइएको छैन ।

राष्ट्रिय गौरवका आयोजनामध्येको तराई–मधेस द्रुतमार्गको निर्माणको जिम्मा नेपाली सेनाले लिएको छ । नेपाली सेनाले आर्थिक वर्ष ०७८/७९ मा काम सक्ने लक्ष्यका साथ आयोजनाको काम अघि बढाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस