प्रदेश नं ३ मा तीन नाका खोल्ने तयारी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रदेश नं ३ मा तीन नाका खोल्ने तयारी


२५ जेष्ठ २०७६, शनिबार


काठमाडौं । प्रदेश नं. ३ का सचिव तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले प्रदेश सरकार नाका खोल्ने तयारीमा रहेको बताएका छन् । उनले प्रदेश नं ३ को सरकारले केरुङ, तातोपानी र लामाबगर नाका खोल्ने तयारी गरिरहेको बताएका हुन् ।

नेता पोखरेलले प्रदेश ३ को विकासका लागी हेटौंडा–कुलेखानी, टोखा–छहरे, नोबिसे–सुरुङमार्ग बनाउने योजना पनि बनाएको बताएका छन् । उनले प्रदेश सरकार शूनय कार्बनको प्रदेशर भ्रष्टाचारमुक्त प्रदेश बनाउने अभियानमा लागेकोसमेत बताए ।

प्रदेश ३ को सरकारले आगामी असार एक गते जनताउन्मुख बजेट ल्याउने तयारी गरेको छ ।

यस्तै प्रदेशले राष्ट्रिय आयभन्दा माथि आर्थिक वृद्धिदर बनाउने लक्ष्य राखेको छ । सन् २०३० सम्ममा दिगो विकासको लक्ष्य पूरा गर्ने र सरकारले तय गरेको समृद्ध नेपाल र सुखी नेपालीको बाटो पनि नीति तथा कार्यक्रमलाई जोडेर ल्याउने तयारी गरेका जनाइएको छ ।

प्रदेश नं ३ को नामकरण गर्ने र राजधानी कहाँ राख्ने भन्ने विषयमा पनि अझै टुङ्गो लागेको छैन ।

प्रदेशसभामा गौरीशङ्कर, वाग्मती, नेवा ताम्सालिङ, काठमाडौँ मण्डल, गोसाइँकुण्ड, शैलुङजस्ता नाम दर्ता भएका छन् ।

राजधानीका बारेमा मकवानपुर, चितवन, काभ्रेमा राजधानी हुनुपर्छ भनेर प्रस्ताव दर्ता भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस