युवावर्गलाई लोक सेवामार्फत प्रशासन क्षेत्रमा प्रवेश गराउन जरुरी : दाहाल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

युवावर्गलाई लोक सेवामार्फत प्रशासन क्षेत्रमा प्रवेश गराउन जरुरी : दाहाल


२५ जेष्ठ २०७६, शनिबार


काठमाडौँ । प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले विधिको शासन स्थापित गर्न र मुलुकलाई समृद्धितर्फ उन्मुख गराउन युवा वर्ग लोकसेवामार्फत प्रशासन क्षेत्रभित्र प्रवेश गर्न जरुरी रहेको बताएका छन् ।

नेपालको प्रशासनिक इतिहासमा ठुलो तहमा रोजगारीको अवसर खुलेको सन्दर्भ उल्लेख गर्दै दाहालले काँधमा जिम्मेवारी, काममा इमानदारी र मस्तिष्कमा समझदारी राख्दै युवावर्गले सेवा प्रवेश गर्नुपर्ने आजको आवश्यता बताए ।

नालान्दा फाउन्डेसनद्वारा सञ्चालित लोक सेवा तयारी कक्षा शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष दाहाले सो कुरा बताएका हुन् ।

लोक सेवाका परीक्षा, बैङ्किङ क्षेत्र, प्राविधिक तर्फ इन्जिनियर, सब ओभरसियर, शिक्षक सेवा, जेटिए, स्थानीय तहका विभिन्न पदलाई ध्यान दिई कक्षा सुरु भएको गरेको फाउण्डेसनले प्रशासन र प्राविधिक दुवै तर्फका कक्षाहरू सञ्चालन गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस