तीन दिनसम्म मेघ गर्जनसहित वर्षा तथा हावाहुरीको सम्भावना « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

तीन दिनसम्म मेघ गर्जनसहित वर्षा तथा हावाहुरीको सम्भावना


२४ जेष्ठ २०७६, शुक्रबार


काठमाडौं । बिहीबार साँझ सुदूरपश्चिम क्षेत्रबाट सुरु भएको मौसममा बदली हुने क्रम अहिले पश्चिम र मध्य क्षेत्र हुँदै पूर्वमा समेत सक्रिय भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आगामी ३ दिनसम्म मेघ गर्जनसहित वर्षा तथा हावाहुरीको समेत सम्भावना रहेको स्पष्ट पारेको छ।

आज आगामी ३ दिनको मौसमी विवरण सार्वजनिक गर्दै महाशाखाले शुक्रबार पश्चिम, मध्य तथा पूर्व क्षेत्रमा हावाहुरी तथा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जनाएको छ। ‘शुक्रबार दिउँसो देशका पूर्वी र मध्य भू-भागमा सामान्य बदली रहने र पश्चिमी भू-भागमा आंशिक बदली रही पश्चिमी भू-भागका थोरै स्थानहरु र मध्य तथा पूर्वी भू-भागका केही स्थानहरुमा हावाहुरी मेघ गर्जनसहित वर्षाको सम्भावना छ,’ महाशाखाले उल्लेख गरेको छ।

आज देशका उच्च हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको बताइएको छ।

यस्तो शनिबार र आइतबारको मौसमी आँकलन:

जेष्ठ २५ गते (शनिबार):

दिउँसो: देशका पूर्वी तथा मध्य भू-भागमा सामान्य बदली रहने र पश्चिमी भू-भागका स्थानहरूमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरु र मध्य तथा पूर्वी भू-भागका केही स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

रातिस् देशका अधिकांश स्थानहरूमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा र मध्य तथा पूर्वी भू-भागका केही स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

जेठ २६ गते (आइतबार):

दिउँसो: देशका पूर्वी तथा मध्य भू-भागमा सामान्य बदली रहने र पश्चिमी भू-भागका स्थानहरूमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरु र मध्य तथा पूर्वी भु-भागका केही स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

रातिस् देशका अधिकांश स्थानहरूमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा र मध्य तथा पूर्वी भू-भागका केही स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

Tags :
प्रतिक्रिया दिनुहोस