नेकपा सचिवालय बैठक सकियो, भोलि १२ बजे पुनः बैठक « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेकपा सचिवालय बैठक सकियो, भोलि १२ बजे पुनः बैठक


२१ जेष्ठ २०७६, मंगलबार


काठमाडौं । केन्द्रीय सदस्यहरु कार्यविभाजनको टुंगो लगाउने अपेक्षा गरिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक बिना निष्कर्ष टुंगिएको छ। बैठक बुधबार १२ बजे पुनः बस्ने छ।

‘केन्द्रीय कमिटीहरुको सदस्यहरुको कार्यविभाजनको बारेमा छलफल प्रारम्भ भएको छ। छलफलले पूर्णता पाइसकेको छैनु, बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए, ‘भोलि १२ बजे पुन सचिवालयको बैठक बसेर त्यसलाई टुंगाउने समझदारी भएको छ।’

बुधबारको बैठकले केन्द्रीय सदस्यको कार्यविभाजनको विषय सम्पन्न गरेमा प्रवास संगठनको एकीकरण लगायतका काम र अरु विषय पनि छलफल गरिने उनले बताए।

प्रतिक्रिया दिनुहोस