वायु प्रदूषणबाट बर्सेनि ७० लाखको मृत्यु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

वायु प्रदूषणबाट बर्सेनि ७० लाखको मृत्यु


२१ जेष्ठ २०७६, मंगलबार


जेनेभा । वायु प्रदूषणका कारण हरेक वर्ष विश्वभर झण्डै ७० लाख मानिसको अकालमा मृत्यु हुने गरेको छ ।

राष्ट्रसंघका लागि मानव अधिकार तथा वातावरण सम्बन्धी विशेष प्रतिवेदकले ठूलो संख्यामा अकालमा मानिसको ज्यान गइरहेको सन्दर्भमा वायु प्रदुषण न्यून गर्न भइरहेका प्रयास पनि निकै सराहनीय रहेको बताएका छन् ।

विशेष प्रतिवेदक डेभिड बोइडले वायु प्रदूषणलाई व्यक्तिको मानव अधिकारकै रुपमा लिइदिन विश्वका सरकारहरु समक्ष आग्रह गरेका छन् ।
‘वायु प्रदूषण शान्त, अदृश्य तथा भयानक घातक समस्या हो जसले विश्वभर हरेक वर्ष झण्डै ७० लाख मानिसको ज्यान दिइरहेको छ । यसबाट महिला, बालबालिका र गरिबी समुदायका मानिसलाई सबैभन्दा बढी असर पारिरहेको छ,’ बोइडले भने ।

विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा बोइडले सार्वजनिक गरेको वक्तव्यमा भनिएको छ, ‘चीन समेतका धेरै मुलुकमा व्यापक रुपमा वायु प्रदूषण न्यून गरिएका सफलताका काथाहरु छन् । यी उदाहरणले वायु प्रदूषण रोकथाम गर्न सकिने समस्या हो भन्ने पुष्टी भइसकेको छ ।’

बोइडले अहिले हरेक पाँच सेकेन्डमा एक व्यक्तिको अकालमै वायु प्रदूषणका कारण मृत्यु भइरहेको बताउँदै विश्वको झण्डै ९० प्रतिशत जनसंख्याले प्रदूषित हावामा श्वासप्रश्वास गरिरहेको उल्लेख गर्नुभयो । मृत्यु हुने झण्डै ७० लाखमध्ये ६ लाख बालबालिका रहेका छन् ।

स्वच्छ हावा सुनिश्चित गर्न नसक्नुको अर्थ मानिसको जीवन, स्वास्थ्य र भलाईप्रतिको अधिकार उल्लङ्घन मात्र नभई स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारको हनन पनि हो, बोइडले भने ।रासस/सिन्ह्वा

Tags :
प्रतिक्रिया दिनुहोस