बजेट तर्जुमा कार्यलाई तिब्रता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बजेट तर्जुमा कार्यलाई तिब्रता


२१ जेष्ठ २०७६, मंगलबार


पाल्पा । रिब्दिकोट गाउँपालिकाले आर्थिक वर्ष ०७६/०७७ का लागि बजेट तर्जुमा कार्यलाइ तिब्रता दिएको छ । गापाले सोमबार योजना तर्जुमा तथा पूर्व बजेट छलफल राखी बजेटले समेट्नु पर्ने बिषयका सन्दर्भमा सुझाव लिएको छ ।

कार्यक्रमामा प्रमुख प्रशासकीय अधिकृत ऋषिराम अर्जेलले पूर्व बजेट छलफलका उद्देश्य, बजेट तर्जुमाका आधार, बजेटको आकार तथा आगामी बजेटका मुख्य लक्ष्यका बारेमा अवधारणापत्र पेश गरेका थिए । गापाका अध्यक्ष नारायण बहादुर जिसीले हालसम्मका मुख्य उपलब्धि तथा आगामी आर्थिक वर्षको बजेटमा समेट्ने योजना तथा कार्यक्रमहरु प्रस्ताव गर्दै जनताबाट प्राप्त सुझावलाई समेट्ने प्रतिबद्धता व्यक्त गरे ।

उपाध्यक्ष लक्ष्मी खनालले जनताका वास्तविक आवश्यकता र चाहनालाइ बजेटले समेट्ने आश्वासन दिइन् । सहभागीहरुका तर्फबाट नेकपा गाउपालिका सचिव मेघराज आचार्यले टुक्रे योजनालाइ निरुत्साहित गर्दै कृषि शिक्षा र पर्यटनलाई विशेष प्राथमिकतामा राख्न सुझाव दिए ।

नेका गाउँपालिकाका सभापती रामचन्द्र पाण्डेले सबैलाइ समेटेर जानु पर्ने बताउँदै योजनाको प्राथमिकीकरण गरी योजना छनोट तथा बजेट विनियोजन गर्नु पर्ने सुझाव दिए । त्यसैगरी गैसस प्रतिनिधि ठाकुर लुहागनले बजेट समावेसी तथा लक्षित वर्ग केन्द्रित हुनुपर्नेमा जोड दिए।

अन्य सहभागीहरुले खानेपानी, बिजुली सडक पूर्वाधारमा समेत जोड दिन आग्रह गरे । कृषि उत्पादन वृद्धि गर्न पकेट क्षेत्र तोकेर कार्यक्रम तय गर्नु पर्ने, साधारण खर्चलाइ कम गर्दै लैजानु पर्ने, परिणाममुखी बजेट निर्माणमा जोड दिनुपर्ने, अनुगमन कार्यलाइ तिब्र बनाउनु पर्ने, बिपन्न वर्गलाइ गापाले नै स्वास्थ्य बिमा गरिदिनुपर्ने, कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा यथेष्ट बजेट बिनियोजन गर्नु पर्ने लगायतका सुझाव दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस