नेकपा सचिवालय बैठक आज « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेकपा सचिवालय बैठक आज


२१ जेष्ठ २०७६, मंगलबार


काठमाडौं । नेकपा सचिवालय बैठक आज बस्ने भएको छ । सोमबार बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक मङ्गलबारका लागि सारिएको हो ।

दुई अध्यक्षको बीचमा छलफल नटुङ्गिएपछि सोमबार बस्ने भनिएको बैठक स्थगित गरिएको हो । सोमबार अध्यक्षद्वय बीच छलफल भएको थियो ।

सोमबार बस्ने सचिलयको बैठकबाट पोलिटब्युरो गठन र केन्द्रीय कार्यसमितिको कार्यविभाजनको विषयमा टुङ्गो लगाउने विषयमा छलफल भएको थियो ।

आइतबार पनि अध्यक्षद्वय बीच छलफल भएको थियो । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पोलिटब्युरो गठन र केन्द्रीय कमिटीको कार्यविभाजनबारे पटक पटक छलफल भइरहेको छ ।

छलफमला सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा र महासचिव विष्णु पौडेल सहभागी थिए ।

बैठकमा पार्टीको एकता प्रक्रियालाई अन्तिम रूप दिन पोलिटब्युरो गठन, कार्यविभाजन तथा बाँकी रहेका एकता टुङ्गो लगाउने विषयमा छलफल भएको छ ।

यसअघि जेठ १८ गतेका लागि सचिवालयको बैठक तय गरेको थियो तर अध्यक्षद्वय व्यस्त भएको कारण २० गतेका लागि सारिएको थियो ।

पोलिटब्युरो गठन तथा कार्यविभाजनको विषयमा नेताहरूको बीचमा अनौपचारिक छलफल भएको जनाइएको छ। पार्टीको ४४१ सदस्यीय केन्द्रीय कमिटीबाट १४७ जना पोलिटब्युरो सदस्य चयन गर्नुपर्ने हुन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस