सिरिया कारबम विस्फोटमा १९ को मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सिरिया कारबम विस्फोटमा १९ को मृत्यु


२० जेष्ठ २०७६, सोमबार


आजाज, सिरिया । विद्रोहीको बलियो प्रभाव रहेका सिरियाको उत्तरपश्च्मिी शहरमा भएको कारबम विस्फोटमा परी आइतबार कम्तीमा १९ व्यक्तिको मृत्यु भएको सिरियाली युद्धको अनुगमन गरिरहेका मानव अधिकार समूहले जानकारी दिएका छन् ।

आजाजमा भएको यस विस्फोटमा परी चार बालबालिकाको पनि मृत्युभएको बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जानकारी दिएको छ ।

यस आक्रमणमा परी २० जनाभन्दा बढी घाइते भएका पनि अधिकारवादी समूहले जानकारी गराएका छन् ।

‘विस्फोट हुँदा कैयौँ इस्लाम धर्मावलम्बीहरू साँझको प्रार्थनाबाट बाहिरिँदै गरेका थिए,’ उक्त मानव अधिकारवादी समूहका प्रमुख रमी अब्दुल रहमानले बताए ।

मारिनेमा आउँदै गरेको इद–उल–फितरको विदाका अवसरमा लुगाफाटो तथा उपहार किन्न बजार गएका व्यक्तिहरू पनि रहेका अस्पतालका एक अधिकारी जिहाद बेरोले बताए । रासस /एएफपी

Tags :
प्रतिक्रिया दिनुहोस