सांसद विकास कोष खारेज गर्न माग « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सांसद विकास कोष खारेज गर्न माग


१९ जेष्ठ २०७६, आइतबार


खस्यौली । प्रदेशसभा सदस्यले सांसद विकास कोष खारेज गर्न माग गरेका छन् । प्रदेश नं ५ को आजको बैठकमा प्रदेशसभाका सदस्य तुलाराम घर्ती मगरले विशेष समयमा बोल्दै संसद् विकास कोषमार्फत रु ६ करोड प्रदान गर्ने विषय खारेज गर्न माग गरे । ‘संसद् र सरकार भिडेको जस्तो देखियो, यो राम्रो भएन’, उनले भने ।

प्रदेशसभाका सदस्य सुरेन्द्र हमालले रुपैडिया नाकाबाट अखाद्य वस्तु भित्रिएकाले सरकारको ध्यानाकर्षण गराए । प्रदेशसभाका सदस्य बलदेव शर्मा पोखरेलले आफू स्वस्थ्य भएको प्रदेशसभालाई जानकारी दिए । अस्वस्थताका कारण उनी लामो समयदेखि बैठकमा उपस्थिति हुन सकेका थिएनन् भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले सडक, सवारी, यातायात तथा परिवहन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस