पाँच अर्ब १३ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पाँच अर्ब १३ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक


१९ जेष्ठ २०७६, आइतबार


राष्ट्र बैंक

काठमाडौं । राष्ट्र बैंकले पाँच अर्ब १३ करोडको ट्रेजरी बिल बिक्रि गर्ने भएको छ । केन्द्रीय बैंकले सोमबार दुई भिन्न किसिमका ५ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । ट्रेजरी बिलको अनलाइन बोलकबोल मंगलबार हुँदैछ ।

राष्ट्र बैंकले दिएको जानकारीअनुसार ९१ दिनको लागि जारी हुन लागेको तीन अर्ब १३ करोड बराबरको ट्रेजरी बिल २०७६ भदौ १७ गते परिपक्व हुनेछ । त्यसैगरी तीन सय ६४ दिनको लागि जारी हुनलागेको दुई अर्ब बराबरको ट्रेजरी बिल २०७७ जेठ २ गते परिपक्व हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस