विश्वकप क्रिकेट : बंगलादेश र दक्षिण अफ्रिका भिड्दै « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

विश्वकप क्रिकेट : बंगलादेश र दक्षिण अफ्रिका भिड्दै


१९ जेष्ठ २०७६, आइतबार


काठमाडौं । विश्वकप क्रिकेटमा आज बंलगादेश र दक्षिण अफ्रिकाबीच खेल हुँदै छ । इंग्ल्यान्ड र वेल्समा जारी विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र बंगलादेशबी प्रतिस्प्रधा हुनेछ ।

नेपाली समय अनुसार तीन बजेर १५ मिनेटमा खेल सुरु हुने छ । यो दक्षिण अफ्रिकाको दोस्रो खेल हो । पहिलो खेलमा दक्षिण अफ्रिका आयोजक राष्ट्र इंग्ल्यान्डसँग १०४ रनले पराजित भएको थियो । यता, बंगलादेशको लागि भने यो पहिलो खेल हो ।

तुलनात्मक रुपमा बंगलादेशभन्दा दक्षिण अफ्रिका बलियो टिम हो ।

दक्षिण अफ्रिकाको टिममा फाफ् डु प्लेसिस (कप्तान), डेभिड मिलर, डि कक, हसिम अमला, ऐडन मारक्रम, रसिइ भान डेर डुसेन, जेपी डुमिनी, क्रिस मोरिस, कागिसो रबडा, इमरान ताहिर, डेल स्टेयन, लुन्गी नगिडी, डवान प्रेटोरियस, तब्राइज शाम्सी र एन्डिल फेहलुकवाओ छन्।

यस्तै बंगलादेशको टिममा मश्रफे मोरटाजा (कप्तान), अबु जायद, लिटोन दास, महमुदुल्लाह, मेहिदी हसन, मोहम्मद मिथुन, मोहम्मद सइफुदिन, मोसदक हुसेन, मुश्फिक्यर रहिम, मुस्ताफिजुर रहमान, रुबेल हुसेन, सबिर रहमान, शकिब अल हसन, सौम्या सरकार, तमिम इकबल छन्।

Tags :
प्रतिक्रिया दिनुहोस