प्रथम राष्ट्रिय मुट (युवा सम्मेलन) को उद्घाटन गर्न प्रधानमन्त्री पोखरामा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रथम राष्ट्रिय मुट (युवा सम्मेलन) को उद्घाटन गर्न प्रधानमन्त्री पोखरामा


१८ जेष्ठ २०७६, शनिबार


छठ पर्व

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न कार्यक्रममा सहभागी हुन पोखरा पुगेका छन् ।

उनले नेपाल स्काउटको आयोजनामा पोखरामा आजबाट शुरु हुने प्रथम राष्ट्रिय मुट (युवा सम्मेलन) को उद्घाटन गर्नेछन् ।

पोखराको कोमामागेन पार्कमा सञ्चालन हुने सो कार्यक्रममा १४ देशका पाँच हजार युवाको सहभागिता रहने आयोजकले जनाएको छ ।

त्यस्तै, उनले पोखराको सभागृहमा आयोजित कार्यक्रममा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको घोषणा समेत गर्नेछन् ।

कास्की क्षेत्र नं–२ का सङ्घीय सांसद् रहेका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीको गत फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो ।

प्रधानमन्त्री ओली दुई वटै कार्यक्रममा सहभागी भएर आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस