लैङ्गिक न्यायसम्बन्धी प्रदेशस्तरीय प्रशिक्षण « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

लैङ्गिक न्यायसम्बन्धी प्रदेशस्तरीय प्रशिक्षण


१४ जेष्ठ २०७६, मंगलबार


रुपन्देही । लैङ्गिक तथा बाल न्यायसम्बन्धी प्रदेशस्तरीय प्रशिक्षण बुटवलमा सोमबारदेखि शुरु भएको छ ।

महान्यायाधिवक्ताको कार्यालय काठमाडौंको आयोजनामा शुरु भएको प्रशिक्षणमा प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका अनुसन्धान अधिकृत, सरकारी वकिल र कर्मचारीको सहभागिता रहेको छ ।

प्रशिक्षणको उद्घाटन कार्यक्रममा उच्च अदालत तुलसीपुर–बुटवल इजलासका न्यायाधीश रमेश खत्रीले कानून अनभिज्ञता क्षम्य नहुने भएकाले सबैले बुझ्नुपर्ने बताए । न्यायका क्षेत्रमा काम गर्नेहरु कानूनको विषयमा स्पष्ट हुन जरुरी रहेको उनको भनाइ थियो । नायब महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयले गलत सिकाइ र बुझाइले समाजमा द्वन्द्व सिर्जना हुने भएकाले बुझाइमा स्पष्टता हुनुपर्ने बताए ।

आजसम्म चल्ने प्रशिक्षणमा उच्च अदालत तुलसीपुर–बुटवल इजलासका न्यायाधीश बामदेव ज्ञवाली, नायब महान्यायाधिवक्ता पाण्डेय, सहन्यायाधिवक्ताद्वय उद्धवप्रसाद पुडासैनी र रामकुमार थापाले लैङ्गिक तथा बाल न्यायसम्बन्धी विभिन्न विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको महान्यायाधिवक्ताको कार्यालयका शाखा अधिकृत रोशी भण्डारीले जानकारी दिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस