बाँकेमा यो वर्ष १ हजार ८३२ जनाले रोजगारी पाउने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बाँकेमा यो वर्ष १ हजार ८३२ जनाले रोजगारी पाउने


१२ जेष्ठ २०७६, आइतबार


नेपालगञ्ज । सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बाँकेमा यो वर्ष १ हजार ८३२ जनाले रोजगारी पाउने भएका छन् ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहलाई गरेको परिपत्रअनुसार यस जिल्लामा चालू आर्थिक वर्ष २०७५/०७६ भित्र बेरोजगारीको सूचीमा दर्ता भएकामध्ये १ हजार ८३२ जनालाई ३० दिन बराबरको रोजगार दिने भनिएको छ ।

जिल्लाको वैजनाथमार राप्तीसोनारीमा २२६, खजुरामा २१२, डुडुवामा र जानकीमा १४० तथा नरैनापुर गाउँपालिकामा १२६ जनाले ३० दिन बराबरको रोजगारी पाउने भएका हुन् ।

नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाले ७६२ युवा बेरोजगारलाई रोजगारी दिने नेपालगञ्ज नगर उपप्रमुख उमा थापामगरले बताए । कार्यक्रमअन्तर्गत सरकारले बाँकेका स्थानीय तहमा रु ४० करोड ६० लाख सशर्त अनुदानको व्यवस्था गरेको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस